वेबटिभी खबर
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।
तर यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद् सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij