Logo

२०७९, माघ २५ गते बुधवार

२०७९, माघ २५ गते बुधवार

images

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

  • 190
    SHARES
  • जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

    काठमाडौं । जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो ।

    images

    कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन स्वरूप जुरी मेन्सन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  

    काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षीय दिक्षान्त पाण्डे वेब डेभलपर हुन् । उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन् । जुन यसअघि आइसिटी अवार्डको राइजिङस्टार विधाअन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो ।

    यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्ने लगायतका काम गर्न सकिन्छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology