Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

१४ कम्पनीलाई पोल भाडा तिर्न प्राधिकरणको आग्रह

१४ कम्पनीलाई पोल भाडा तिर्न प्राधिकरणको आग्रह

  • 451
    SHARES
  • १४ कम्पनीलाई पोल भाडा तिर्न प्राधिकरणको आग्रह

    चितवन । चितवन जिल्लाको मुख्य शहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् ।

    आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् । विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

    अहिलेसम्म कुनै कम्पनी नआएको उनले बताए । पौडेलले भने, ‘पोल भाडा सम्झौताका लागि अहिलेसम्म एउटा कम्पनी पनि आएको छैन् ।’ प्राधिकरणले पालिकाअनुसार पोल भाडा कायम गरेको छ ।

    यसअनुसार महानगरभित्र एक किलोमिटरका लागि नौ हजार र नगरपालिका एवम् गाउँपालिकाका लागि सात हजार रहेको उनले जानकारी दिए ।

    आर्थिक वर्षको पाँच महिना पूरा हुँदासमेत पोल भाडा सम्झौता गर्न इन्टरनेट प्रदायक संस्था नआएपछि केन्द्रले अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ ।

    निर्वाचन, चाडपर्वका कारण काम गर्न नपाएको बताउँदै उनले यही पुस १५ गतेदेखि पोल भाडा सम्झौताका लागि अभियान सञ्चालन गर्ने बताए । अभियानमा सुरुआती समयमा प्रदायक संस्थालाई बोलाएर सम्झौताका लागि आग्रह गर्ने र अटेर गरे सामान जफत गर्ने छ ।

    अघिल्लो आर्थिक वर्षमा यहाँ रहेका इन्टरनेट प्रदायक संस्थाले एक करोड ८५ लाख पोल भाडाबापतको रकम बुझाएको भए पनि यस वर्ष सम्झौताका लागि नआएका हुन ।

    पौडेलले भने, ‘यस वर्ष पोल भाडाबापतको रकम करिब दुई करोड उनीहरूले प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ ।’ यस वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १६ सम्म, यस्तै वडा नम्बर २२ र २९ पर्छन् । इच्छाकामना गाउँपालिकासमेत यसै केन्द्रअन्तर्गत पर्ने उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij