Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु 

विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु 

  • 807
    SHARES
  • विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु 

    काठमाडौं । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।

    अधिकारीहरुका अनुसार देशको उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा अत्ताहिरुसहित अन्य १० जनाको मृत्यु भएको हो ।

    सेनाले जारी गरेको विज्ञप्तिअनुसार खराब मौसमका कारण अवतरण गर्ने प्रयास गर्दागर्दै विमान दुर्घटना भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति गम्भीर दुख व्यक्त गरेका छन् । ५४ वर्षका इब्राहिमले जनवरीमा सेनाको शीर्ष पद सम्हालेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij