Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उर्लाबारी नगरपालिकाले इसीडी शिक्षकहरूलाई साउनदेखिको तलब एकमुस्ट उपलब्ध गराउने

उर्लाबारी नगरपालिकाले इसीडी शिक्षकहरूलाई साउनदेखिको तलब एकमुस्ट उपलब्ध गराउने

  • 1.2K
    SHARES
  • उर्लाबारी नगरपालिकाले इसीडी शिक्षकहरूलाई साउनदेखिको तलब एकमुस्ट उपलब्ध गराउने

    मोरङ । उर्लाबारी नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले गत साउन महिनादेखिको तलब रोकिएपछि नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

    images

    नगरपालिकाले दिनुपर्ने रू ७ हजार रूपैयाँ रोकिएपछि इसीडी शिक्षकहरूले आज नगरपालिका प्रमुखसमक्ष लिखित रूपमा ध्यानाकर्षण गराएका हुन् । 

    नेपाल बालविकास शिक्षक संघर्ष समिति उर्लाबारी मोरङकी अध्यक्ष फरिदा घिमिरेको नेतृत्वमा ३१ जना इसीडी शिक्षकहरू नगरपालिका पुगेका थिए ।

    इसीडी शिक्षकहरूलाई नगरप्रमुख गंगाप्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र लेखा अधिकृत गोविन्द कार्कीले आर्थिक स्रोत जुटाएर १५ माघसम्म एकमुस्ट रूपमा रोकिएको तलब उपलब्ध गराउने प्रतिबद्धता जनाए । नगरपालिकाले ७ हजारमा १ हजार रूपैयाँ थप गरेर तलब दिने पनि बताएकाे छ । 

    इसीडी शिक्षकहरूले संघीय सरकारले उपलब्ध गराउने तलब रू १० हजार भने पाएका छन् ।  

    ecdd.jpg
     
    ecd morong.jpg
     
    urlabari.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology