Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

मलेसियामा २७ नेपाली कामदार बन्धक 

मलेसियामा २७ नेपाली कामदार बन्धक 

  • 436
    SHARES
  • मलेसियामा २७ नेपाली कामदार बन्धक 

    काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ) मा मलेसिया पुगेका उनीहरू अलपत्र परेका हुन् ।

    images

    म्यानपावरलाई तीनदेखि साढे तीन लाख रूपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए ।हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रूपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरूसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरूको सामूहिक खिचिएको भिडियोमा भनिएको छ ।

    ‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको,’ बाबुराम बास्तोलाले भने, ‘सुरूमा पारिवारिक कारणले सहँदै गएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर, शारीरिक र मानिसक यातना दिने काम रोकिएको छैन ।’

    एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरूमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन् ।

    उनीहरूलाई खान बस्न र सुत्ने स्थानको समेत प्रबन्ध नभएको भिडियोमा देखाएका छन् । आफूहरूलाई उद्धार गरेर सहयोग गर्न उनीहरूले आग्रह गरेका छन् ।

    कम्पनीबाट बाहिर निकाली दिएको उनीहरूले गुनासो गररेका छन् । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ । धुलैधुलो भुइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बाबुराम बास्तोलाले भने, ‘हामीलाई उद्धार गरिदिनुहोस् ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology