Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार 

सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार 

  • 565
    SHARES
  • सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार 

    बमाको । पश्चिमी अफ्रिकी देश मालीमा सेनाले त्यहाँका राष्ट्रपति बा एन दा, प्रधानमन्त्री मोक्तर ओउने र रक्षामन्त्री सुलेमान डककुरेलाई सेनाले पक्राउ गरेको छ । गत अगस्टमा गठन गरेकाे अन्तरिम सरकारमा रहेका सेना दुई वरिष्ठ अधिकारीलाई हटाएपछि सेनाले उक्त कदम चालेकाे हाे । सोमबारमात्रै त्यहाँ २५ नयाँ मन्त्रीसहित नयाँ सरकार गठन भएको थियो ।

    images

    मालीमा रहेको युएन मिसनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सैनिकको नियन्त्रणमा रहेको खबर पाएपछि तुरुन्त रिहाइको माग गरेको छ । सरकार प्रमुखको पक्राउपछि एकै वर्षमा त्यहाँ दोस्रोपटक पनि कु हुनसक्ने आशंका पैदा भएको छ । 

    गिरफ्तार गरिएका सबैलाई राजधानी बमाकोनजिकै काटी सैन्य शिविरमा राखिएको छ । प्रधानमन्त्री ओउनेका अनुसार अन्तरिम उपराष्ट्रपति कर्नेल असमी गोमिताको सुरक्षाका लागि खटाइएका सेनाका कर्मचारी उनलाई लिन आएका थिए । यस अघि मालीमा सत्ता कब्जा गर्दा असिमीले नेतृत्व गरेका थिए ।

    सोमबार सरकार परिवर्तन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको हो । अफ्रिकी संघ, पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय, इयू र अमेरिकाले पनि पक्राउको निन्दा गर्दै मालीका शीर्ष राजनीतिज्ञलाई कुनै सर्तविना रिहा गर्न भनेका छन् । 

    मिडिया रिपोर्टका अनुसार राष्ट्रपतिका गार्डले उनलाई सुरक्षा दिन अस्वीकार गरेका थिए । यसपछि सेनाले राष्ट्रपतिलाई नियन्त्रणमा लिएर शिविरमा पुर्यायो । सेनाले सरकारी काममा हस्तक्षेप गरेको आरोप लगाइएको छ । गत अगस्टमा सेनाले सरकारमा भ्रष्टाचार बढेको र देशको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीलाई नियन्त्रण गर्न किता सरकारलाई अपदस्थ गरेर गठन गरेको अन्तरिम सरकारमा सेनाको भूमिका मुख्य थियो । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology