वेबटिभी खबर
काठमाडौं । काठमाडौंको ठमेलभित्र अनैतिक क्रियाकलाप गरि घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरि अध्यागन विभागलाई बुझाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरि अध्यागमन विभाग बुझाएको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरि अध्यागमन विभाग बुझाइएको जानकारी दिए ।
उनले भने, ‘ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ ।’
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij