Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मावि तह विज्ञापन : २४ गतेसम्म नियमित र फागुन २ गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सकिने 

मावि तह विज्ञापन : २४ गतेसम्म नियमित र फागुन २ गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सकिने 

  • 368
    SHARES
  • मावि तह विज्ञापन : २४ गतेसम्म नियमित र फागुन २ गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सकिने 

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ ।

    images

    आयोगले ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो ।

    आयोगका अनुसार नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा विज्ञापन खुलाएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेस प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा विज्ञापन खुलाएको आयोगले जनाएको छ ।

    इच्छुक उम्मेदवारले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन २ गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सक्ने आयोगले जनाएकाे छ । 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology