Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षा ऐन मेरै कार्यकालमा आउँछ : प्रधानमन्त्री 

शिक्षा ऐन मेरै कार्यकालमा आउँछ : प्रधानमन्त्री 

  • 1.8K
    SHARES
  • शिक्षा ऐन मेरै कार्यकालमा आउँछ : प्रधानमन्त्री 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो यस कार्यकालमा संघीय शिक्षा ऐन आउने बताएका छन् । उनले नयाँ सरकारकाे प्राथमिकतामा पनि शिक्षा ऐन जारी गर्ने रहेको बताए ।

    images

    अस्ति शनिबार काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।

    ‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् तर ऐन जारी भएन । यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ । म यहाँहरूलाई विश्वस्त गराउन चाहन्छु कि यो ऐन मेरै कार्यकालमा जारी हुन्छ । ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा उनले जोड दिए ।  

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology