Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पुस ३० गते केन्द्रीय भेला, बैठक, गोष्ठी, सम्मेलनको आयोजना गरिएको छैन : बालविकास शिक्षक केन्द्रीय समिति

पुस ३० गते केन्द्रीय भेला, बैठक, गोष्ठी, सम्मेलनको आयोजना गरिएको छैन : बालविकास शिक्षक केन्द्रीय समिति

  • 1.2K
    SHARES
  • पुस ३० गते केन्द्रीय भेला, बैठक, गोष्ठी, सम्मेलनको आयोजना गरिएको छैन : बालविकास शिक्षक केन्द्रीय समिति

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले यहि पुस ३० गते केन्द्रीय भेला, बैठक, गोष्ठी, सम्मेलनको आयोजना नगरिएको जनाएको छ ।

    images

    अध्यक्ष कृष्णकुमारी थापा मगर र महासचिव निर्मला गिरीले मंगलबार (पुस २६) जानकारी पत्र जारी गर्दै सो जानकारी गराएका हुन् ।

    अध्यक्ष र महासचिवद्वारा हस्तक्षरित पत्रमा भनिएको छ, ‘नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको यहि मिति २०७९/९/३० गते कुनै पनि केन्द्रीय भेला, बैठक, गोष्ठी र सम्मेलन सम्मेलन जस्तो कार्यक्रम नराखिएको हुँदा सम्पूर्ण बालविकास शिक्षकहरूलाई जानकारी गराउँदै कुनै व्यक्ति विशेषले डाकेको भेलामा कोही पनि बालविकास शिक्षकहरू जान बाध्यकारी नभएको र हाम्रो माग मुद्दा सम्बोधन गराउनका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिसँग निरन्तर संवादमा रहेको व्यवहोरा समेत यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’

    पुस ३० गते नेपाल बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटले राष्ट्रिय सम्मेलनको आह्वान गरेपछि केन्द्रीय समितले उक्त राष्ट्रिय सम्मेलनमा जान बालविकास शिक्षकहरूलाई बाध्यकारी नभएको बताएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology