Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

साहित्यकार डा.रमेश शुभेच्छुले गरे क्याम्पसलाई पुस्तक सहयाेग

साहित्यकार डा.रमेश शुभेच्छुले गरे क्याम्पसलाई पुस्तक सहयाेग

  • 620
    SHARES
  • साहित्यकार डा.रमेश शुभेच्छुले गरे क्याम्पसलाई पुस्तक सहयाेग

    काठमाडौं । साहित्यकार डा. रमेश शुभेच्छुले सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेका छन् ।

    images

    शुक्रबार उनले क्याम्पसको पुस्तकालयलाई करिब पाँच दर्जन पुस्तक प्रदान गरेका हुन् ।

    चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दङ्गाललाई पुस्तक हस्तान्तरण गर्दै शुभेच्छुले ज्ञान भण्डारमा केही थोपा ज्ञानका स्रोतसामग्री थप गर्न पाएकामा खुसी व्यक्त गरेका थिए ।

    पुस्तक बुझ्दै चौतारा क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दङ्गालले डा.शुभेच्छुले क्याम्पसको विकासमा बौद्धिक र प्राज्ञिक सहयोग गर्दै आएको बताए ।

    शुभेच्छुका अनुसार समाजको विकास भवन, भ्युटावर, पुलपुलेसा र चिल्ला सडक एवम् अग्ला भवनले मात्र हुँदैन ।

    उनले भने, ‘सभ्य समाज विकासका लागि पुस्तकालय, विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू बन्नुपर्छ । यी सबै पक्षको जग पुस्तकालय हो ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology