Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विकास निर्माणमा अवरूद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

विकास निर्माणमा अवरूद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

  • 317
    SHARES
  • विकास निर्माणमा अवरूद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

    चितवन । उपप्रधान एवम् भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरूद्ध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

    आज चितवनमा निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि मन्त्री श्रेष्ठले देशको विकास निर्माणमा अवरूद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पुर्‍याउने प्रवृतिलाई छुट नदिइने बताएका हुन् ।

    मन्त्री श्रेष्ठले भने, ‘म काम चाहने मान्छे हो । कारबाही गर्नु नपर्ने गरी काम गर्नुहोस् ।’ गुणस्तरीय कायम गर्दै समयमा आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए ।

    केही दिनयता क्रसर व्यवसायीले विकास निर्माणमा असर गर्ने गरी बन्द गर्नथालेको बताउँदै उनले क्रसर व्यवसायीको समस्या केही दिनभित्रै टुंगो लाग्ने बताए । ‘सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ’, मन्त्री श्रेष्ठले भने ।

    गृह मनत्रालय समस्या समाधानका लागि लागेको उनले जानकारी दिए । यसअघि भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोकिएका विकासका आयोजना तीव्र गतिमा अघि बढाइने बताए ।

    राष्ट्रिय गौरवका आयोजनाको काम के कारणले रोकिएको हो भन्ने समस्या पहिचान गरेर समाधान गर्दै अघि बढाइने उनको भनाइ थियो । विकास निर्माणका काम सम्पन्न गर्नका लागि संविधान, कानुन र नियमभित्र बसेर सबै एक जुट भएर अघि बढ्नुपर्ने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij