Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

  • 441
    SHARES
  • एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

    काठमाडौं । सामाजिक एवम् (गैरआवासीय नेपाली संघ) एनआरएनए अभियन्ता नन्दबहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा  नियुक्त भएका छन् ।

    images

    नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन विधामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार वर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।

    क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई  पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ ।

    नियुक्ति पत्र वितरणपछि पर्यटन सचिव सुरेश अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology