Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा

राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा

  • 595
    SHARES
  • राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा

    बमाको । मालीका अन्तरिम राष्ट्रपतिले सेनाको हिरासतबाटै राजिनामा दिएका छन् । सेनाले यस साताको सुरुमा राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर सैन्य शिविरमा राखेको थियो ।

    images

    राजिनामा पछि सेनाले नियन्त्रणमा लिएका त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई तीन दिनपछि रिहा गरेको उपराष्ट्रपति असिमी गोइतले बताएका छन् ।

    गत अगस्टमा सेनाले सत्ता कब्जा गरेर गठन गरेको अन्तरिम सरकारमा रहेका सेनाका दुई वरिष्ठ अधिकारीलाई हटाएपछि राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सुलेमान डककुरेलाई पक्राउ गरेको थियो । तर रक्षामन्त्रीलाई रिहा गरेको बारे केही स्पष्ट भएको छैन । 

    सोमबारमात्रै त्यहाँ २५ नयाँ मन्त्रीसहित नयाँ सरकार गठन भएको थियो । 

    पश्चिमी अफ्रिकी देशको क्षेत्रीय समूहका प्रतिनिधिहरु राजनीतिक संकटमा मध्यस्थता गर्न माली पुगेका वेला राष्ट्रपतिको राजिनामा आएको त्यहाँका अधिकारीले बताएका छन् ।

    संयुक्त राष्ट्र संघ, अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रीय निकायले मालीका सेनासँग राष्ट्रपति, प्रधानमन्त्रीसहित नियन्त्रणमा लिएका सबैलाई रिहा गर्न अनुरोध गरेको थियो । 

    सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार  सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology