Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कैलालीका तीन पालिकामा दादुरा देखियो

कैलालीका तीन पालिकामा दादुरा देखियो

  • 388
    SHARES
  • कैलालीका तीन पालिकामा दादुरा देखियो

    धनगढी । कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीनजना बालकमा दादुरा देखिएको हो ।

    images

    जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ ।

    ‘तीनजना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘अन्य केही बालबालिकामा पनि दादुरा भएको आशंका गरिएको छ, उनीहरूको नमूना परिक्षण भइरहको छ ।’

    धामीका अनुसार धनगढी उपमहानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो ।

    दुवै बालकले दादुराविरुद्धको खोप लगाएका  थिए । गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो ।

    यस्तै धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको उपचार भइरहेको  छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।

    उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको छ ।

    खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।

    बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology