काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आईपिओ निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आईपिओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यसैगरी ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागी छुट्याएको छ ।
यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
उक्त शेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म सबै शेयर बिक्री नभएमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरि सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology