Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

राप्ती सोनारीका सबै वडामा प्रसूति गृह निर्माण गरिँदै

राप्ती सोनारीका सबै वडामा प्रसूति गृह निर्माण गरिँदै

  • 271
    SHARES
  • राप्ती सोनारीका सबै वडामा प्रसूति गृह निर्माण गरिँदै

    बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूति गृह निर्माण गर्ने नीति कार्यान्वयन सुरु गरेको छ । प्रसूति गृह नभएका वडामा भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।

    images

    उनका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका-६ मा भवन निर्माण सुरु गरिएको छ । वडा नं-६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण सुरु भएको हाे ।

    वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं-७ स्थित फत्तेपुर स्वाथ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूति गृह निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

    राप्ती सोनारी-६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूति गृह निर्माण सुरु भएको राप्ती सोनारी गाउँपालिका-६ नं वडाध्यक्ष लवराज खरेलले बताए । वडामा प्रसूति गृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

    आधारभूत स्वाथ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूति गृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वाथ्यचौकी जानुपर्ने बाध्यता रहेको छ । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।

    गाउँपालिकाको अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सिमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

    साविकका छवटा गाविस खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology