Logo

२०७९, माघ २५ गते बुधवार

२०७९, माघ २५ गते बुधवार

images

प्रधानमन्त्रीले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँड्नुभएको छ : हरिबोल गजुरेल

प्रधानमन्त्रीले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँड्नुभएको छ : हरिबोल गजुरेल

  • 77
    SHARES
  • प्रधानमन्त्रीले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँड्नुभएको छ : हरिबोल गजुरेल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नवनियुक्त प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले प्रधानमन्त्री दाहालले यो कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने विश्वास दिलाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालको सम्मान तथा बधाई ग्रहण गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

    images

    प्रधानमन्त्री दाहालले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको उनको भनाइ छ । उनले आफूले धेरै चुनौती र जोखिम मोलेर नै अहिलेको जिम्मेवारी लिएको सुनाए ।

    उनले भने,‘अहिले मैले लिएको जिम्मेवारी यो धेरै जोखिमपूर्ण छ । जोखिमलाई चिर्न सकिन्छ भन्ने लागेर नै त्यो आँट र हिम्मत लिएर म आएको छु । अहिले हाम्रो अध्यक्ष तथा प्रधानमन्त्रीजीले केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँड्नुभएको छ । आज बिहान सचिवालय मिटिङ थियो, अलिकति नयाँ तरिकाले जानुपर्छ भन्नेमा उहाँमा गहिरो सोच र चिन्तन छ । मैले त्यो पाएँ । त्यो कुरा सुनेर खुसी पनि लाग्यो । तर यो धेरै चूनौतिपूर्ण छ । सरकार जुन परिवेशमा बनेको छ, यसले अप्ठ्यारो परिवेश खडा गरेको छ ।’

    गजुरेलले अब यो देशलाई अलिकति बाटो देखाउनेतर्फ डोर्याउने पनि बताए । उनले भने, ‘संविधानसभाबाट संविधान बन्यो, यो अझैपनि कार्यान्वनयको प्रक्रियामै छ । शान्ति प्रक्रिया टुंग्गिएको छैन । यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । संघीयताको सन्दर्भमा धेरै बहस भएका छन् । यी दुई कार्यभार टुंगो लगाउन उहाँले जिम्मेवारी लिनुभएको छ । सबैको सहयोग र सद्भाव आवश्यक छ । नेपालको मिडिया जगतको भूमिका असाध्यै महत्त्वपूर्ण छ ।’
     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology