Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शेयर बजार ८.१५ अंकले बढ्यो

शेयर बजार ८.१५ अंकले बढ्यो

  • 258
    SHARES
  • शेयर बजार ८.१५ अंकले बढ्यो

    काठमाडौं ।  शेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ ।

    images

    कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । सोमबार भने ३ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको थियो ।

    २४८ कम्पनीको कारोबारमा ८३ लाख १८७ कित्ता शेयर खरिदबिक्री हुँदा मंगलबार ३ अर्ब भन्दाबढीको कारोबार भएको छ ।

    विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे । सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

    सूर्योदय लघुवित्तको ९.७ प्रतिशत र मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक अगाडि रहे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology