Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विषाक्त मदिरा सेवनबाट भारतमा ८ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट भारतमा ८ जनाको मृत्यु

  • 405
    SHARES
  • विषाक्त मदिरा सेवनबाट भारतमा ८ जनाको मृत्यु

    भारत । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये ६ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।

    images

    विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो ।

    बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology