Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सोमालियामा सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए

सोमालियामा सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए

  • 367
    SHARES
  • सोमालियामा सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए

    सोमालिया । सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ ।

    images

    सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकालाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ ।

    राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै उक्त रेडियो समाचारमा उल्लेख गरिएको छ ।

    राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले उक्त कारबाही गरेको हो । गत शुक्रबार अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा ३० जना विद्रोही मारिएका थिए ।

    राजधानी मोगादिसुबाट करिब दुई सय ६० किलोमिटर उत्तरपूर्वमा रहेको गाल्काडा शहर नजिक अमेरिकी सेनाले हवाई कारबाही गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सोमालिया

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology