Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ

तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ

  • 200
    SHARES
  • तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ

    काबुल । तस्करी गरेको आरोपमा तालिबान प्रशासनले २ जना चिनियाँ नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    चिनियाँ नागरिकले अफगानिस्तानबाट आफ्ना अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ । बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा गिरफ्तार गरिएको हो ।

    स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थर ३० प्रतिशतसम्म लिथियम पाइन्छ । पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ ।

    चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिवान गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ ।

    गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई  अफगानिस्तान छोड्न निर्देशन दिएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology