Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाजुरमा गएकाे भूकम्पमा परी एक जनाकाे मृत्यु, दर्जनाैं घरहरू भत्किए

बाजुरमा गएकाे भूकम्पमा परी एक जनाकाे मृत्यु, दर्जनाैं घरहरू भत्किए

  • 229
    SHARES
  • बाजुरमा गएकाे भूकम्पमा परी एक जनाकाे मृत्यु, दर्जनाैं घरहरू भत्किए

    काठमाडाैं । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक जनाकाे मृत्यु भएकाे छ। गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको हाे।

    images

    घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

    बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति पुगेकाे छ।साथै, बझाङका पनि दर्जनाैं घरहरू भत्किएका छन। बझाङमा एक जना घाइते समेत भएका छन। भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी घाइते भएका हुन।

    भूकम्पको धक्काले बझाङकाे सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको छ ।

    भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology