Logo

२०७९, माघ २५ गते बुधवार

२०७९, माघ २५ गते बुधवार

images

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने

  • 77
    SHARES
  • बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने

    काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

    images

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आज २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ । 

    नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् । 

    तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology