काठमाडाैं । प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न राेक लगाएकाे छ।
बुधबार एक सूचना जारी गर्दै प्रहरीले पेट्राेल पम्प सञ्चालकहरूलाई बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको हाे।
जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा भनिएकाे छ, पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्छ, त्यसैले बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनिनएकाे छ।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology