याङगुन । आइतबार सैनिक शासकले सत्ताविद्रोह विरुद्ध बोलेको आरोपमा संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूतलाई निष्काशन गरेको छ ।
म्यान्मारका सैन्य शासकले सेनाको विरोधमा कुरा गरेको भन्दै राष्ट्र संघका राजदूत क्या मो तुनलाई निष्काशन गरेको बताएका छन् । एक दिन अगाडि राजदूत मो तुनले म्यान्मारका सेनालाई सत्ताबाट हटाउनका लागि राष्ट्र संघसँग सहयोग मागेका थिए ।
उनले आफ्नो सम्बोधनमा ‘लोकतान्त्रिक प्रणालीबाट निर्वाचित भएको सरकारलाई सत्ता हस्तान्तरण नगर्दासम्म कसैले पनि सेनालाई सहयोग गर्न हुँदैन’ भनेका थिए । म्यान्मारको सरकारी टेलिभिजनबाट शनिबार मो तुनले देशको प्रतिनिधित्व नगर्ने एक अनाधिकृत संगठनको तर्फबाट भाषणा गरेर देशमाथि गद्दारी गरेको भन्दै उनलाई पदबाट हटाइएको घोषणा गरिएको थियो । उनलाई आफ्नो शक्ति र उत्तरदायित्वको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij