Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्मचारीको उमेर हदको विषय टुंगो लगाउन सकस : सामान्य प्रशासनमन्त्री

कर्मचारीको उमेर हदको विषय टुंगो लगाउन सकस : सामान्य प्रशासनमन्त्री

  • 1.0K
    SHARES
  • कर्मचारीको उमेर हदको विषय टुंगो लगाउन सकस : सामान्य प्रशासनमन्त्री

    विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र संघीय निजामती सेवा ऐन ल्याउने तयारी भएको बताएका छन् । प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।  

    images

    ‘दुई महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं, संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ,’ उनले भने । उनले ऐनमा कर्मचारीको उमेर हदको विषय टुंगाे लगाउन सकस परेको बताए ।

    उनले कर्मचारी सरुवा बढुवाको फाइल बोकेर बिचौलिया आए कारबाही गर्ने पनि बताए । मोदीले कर्मचारी सरुवाका लागि आफूलाई ठूला नेताले पनि दबाब दिइरहेको बताए । सुशासन कायम गर्न मन्त्रालयदेखि नै सुरु गरेको बताउँदै बिचौलियालाई कारबाही गर्ने बताए ।

    ‘विचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने गरेको छ । यदि कसैले त्यस्तो गरे कारबाहीको भागिदार बनाउने भनेको छु,’ उनले भने ,‘ जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको छु ।’

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology