Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शाहरूख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

शाहरूख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

  • 289
    SHARES
  • शाहरूख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

    एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५ मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ ।

    images

    थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।

    यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ ।

    यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।

    यी दुई आकर्षक कलाकारले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा सहकार्य गरेका थिए ।

    दीपिकाका लागि यो फिल्म डेब्यू थियो । यो फिल्मले तत्कालीन समयमा सँगै रिलिज भएको फिल्म ‘सावरिया’सँग जुध्दा पनि ५ दशमलब ५३ करोडको एकदिनको कमाई गरेको थियो ।

    त्यो समयमा ‘ओम शान्ति ओम’ले सप्ताहन्त २१ दशमलब ४७ करोडको व्यापार गरेको थियो ।

    यसको लाइफटाइम कमाई ७८ दशमलब १७ करोड थियो । जबकि शाहरुखकै अभिनय रहेको सन् २००६ को फिल्म ‘धुम २’को लाइफटाइम कलेक्सन ८१ दशमलब ०१ करोड छ ।

    ६ वर्षपछि शाहरुख र दीपिका फिल्म ‘चेन्नाइ एक्सप्रेस’मा जोडिए । फिल्ममा दीपिकाको मिनाम्मा चरित्रलाई दर्शकले अहिले पनि सम्झन्छन् ।

    रोहित शेठ्ठी निर्देशित फिल्म ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ओपनिङ व्यापार ३३ दशमलब १२ करोड थियो ।

    यसको सप्ताहन्त व्यापार १ सय दशमलब ४२ करोड थियो । यो फिल्म रिलिजको साढे ३ वर्षपछि मात्र आमिर खानको फिल्म ‘३ इडियट्स’ले त्यसमा ब्रेक लगायो ।

    त्यसको एक वर्षपछि सन् २०१४ मा फिल्म ‘ह्याप्पी न्यू इयर’ बन्यो । यसमा प्रमुख अभिनेत्रीको रुपमा दीपिका नै थिइन् । फिल्मले ओपनिङ ४४ दशमलब ९७ करोडबाट गरेको थियो ।

    अहिले ‘पठान’ले पनि यही समानता पाइरहेको छ । फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ ।

    बलिउडमा अहिले एउटा भनाई खुबै चर्चामा छ । ‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’ भन्ने भनाई लोकप्रिय बनिरहेको छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology