Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतको ओडिसा राज्यका मन्त्रीमाथि गोली प्रहार 

भारतको ओडिसा राज्यका मन्त्रीमाथि गोली प्रहार 

  • 559
    SHARES
  • भारतको ओडिसा राज्यका मन्त्रीमाथि गोली प्रहार 

    नयाँ दिल्ली । भारतको ओडिशा राज्यको स्वास्थ्य तथा परिवार कल्याण मन्त्री नवकिशोर दासमाथि आइतबार मध्यान्ह गोली प्रहार भएको छ । 

    ब्रजराजनगरमा आयोजित सभामा भाग लिन गएका दासलाई साढे १२ बजेतिर गोली हानिएको हो । उनी आफ्नो गाडिबाट उत्रने वित्तिकै अज्ञात समूहले गोली हानेको थियो । दासलाई छातिमा गोली लागेको र गम्भीर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई तत्कालै अस्पताल लगिएको छ । 

    भारतीय संचारमाध्यमका अनुसार दासमाथि चार राउण्डभन्दा बढी गोली प्रहार भएको थियो । दासमाथि योजनावद्ध आक्रमण भएको अनुमान गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # गाेली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij