Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

छोरी जन्माउनेलाई नगदसहित सम्मान

छोरी जन्माउनेलाई नगदसहित सम्मान

  • 257
    SHARES
  • छोरी जन्माउनेलाई नगदसहित सम्मान

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

    वि.सं. २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रम मार्फत् छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो ।

    विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्य संस्था मार्फत् सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप रु तीन हजारसहित सम्मान गरिनेछ ।

    छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताए ।

    उनले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

  • सम्बन्धित विषय:

  • # छाेरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij