Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

गोली लागेका ओडिशाका मन्त्रीको मृत्यु

गोली लागेका ओडिशाका मन्त्रीको मृत्यु

  • 277
    SHARES
  • गोली लागेका ओडिशाका मन्त्रीको मृत्यु

    नयाँ दिल्ली । गोली लागेर घाइते भएका भारतको ओडिशा राज्यका स्वास्थ्य मन्त्री नव किशोर दासको उपचारका क्रममा निधन भएको छ ।

    images

    उनलाई आफ्नै निर्वाचन क्षेत्रको ब्रजराजनगरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा आइतबार मध्यान्ह साढे १२ बजे एक प्रहरी अधिकारीले गोली हानेका थिए । 

    छातिमा गोली लागि गम्भीर घाइते दासलाई उपचारार्थ एयरलिफ्ट गरेर ओडिशाको राजधानी भूवनेश्वरस्थित अपोलो अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार राति नै उनको निधन भएको हो ।

    दासलाई प्रहरीका असिस्टेन्ट सब इन्स्पेक्टर (एएसआई) गोपाल दासले गोली हानेका थिए । प्रहरी पोषाकमै मन्त्रीलाई गोली हानेर भागेका एएसआई दासलाई प्रहरीले पक्राउ गरेको छ । एएसआई दासले गोली हान्नुको कारण भने खुलाएका छैनन् । प्रहरीले उनीसँग सोधपुछ र अन्य अनुसन्धान जारी राखेको छ । 

    पक्राउ परेका एएसआई दास मानसिक विमार रहेको र सात वर्षदेखि उपचार भइरहेको उनकी पत्नी जयन्तीलाई उदृत गर्दै भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । 

    भारतकाे ओडिसा राज्यका मन्त्रीलाई गोली हानेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ  भारतकाे ओडिसा राज्यका मन्त्रीलाई गोली हानेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ 

  • सम्बन्धित विषय:

  • # गोली प्रहार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology