Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पाकिस्तानकाे पेशावर सहरमा विस्फाेट हुँदा ५९ जनाकाे मृत्यु

पाकिस्तानकाे पेशावर सहरमा विस्फाेट हुँदा ५९ जनाकाे मृत्यु

  • 218
    SHARES
  • पाकिस्तानकाे पेशावर सहरमा विस्फाेट हुँदा ५९ जनाकाे मृत्यु

    इस्लामावाद । पाकिस्ताको पेशावर सहरमा शक्तिशाली बम विस्फोटन भएकाे छ। विस्फाेटमा परी कम्तिमा ५९ जनाको मृत्यु भएको छ। 

    images

    सोमबार दिउँसो करिब १:३० बजेतिर मानिसहरूले भरिएका एक मस्जिदमा विस्फोट हुँदा १५० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्।

    मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रको यो मस्जिदमा आत्मघाती कसरी प्रवेश गरे भन्ने कुरा स्पष्ट भएको छैन।

    बम बिस्फोटपछि उक्त भवनको एउटा भाग ध्वस्त भएको छ। अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ। घाइते भएका कैयौंलाई स्थानीय अस्पतालहरूमा लगिएको छ। 

    मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए।

    अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।

    पेशावरको मुख्य सरकारी अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार मृत्यु हुनेको संख्या ५९ रहेको छ भने अन्य १५७ जना घाइते भएका छन्। केही गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए। 

    प्रहरी अधिकारी सिद्दिकी खानले एक जनाले पूजा गर्नेहरूका बीचमा आफूलाई राखेर विस्फोट गराएका थिए।

    पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology