Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउँदै, टीकाबारे अग्रज कलाकारको यस्तो टिप्पणी 

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउँदै, टीकाबारे अग्रज कलाकारको यस्तो टिप्पणी 

  • 339
    SHARES
  • माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउँदै, टीकाबारे अग्रज कलाकारको यस्तो टिप्पणी 

    काठमाडौं । टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था दर्पण सङ्गीतालयले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त साङ्गीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो ।

    images

    कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।

    टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरूले साथ दिने बताइएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविस्मरणीय हुने विश्वास दिलाए ।

    ‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरूले त्यहाँ स्थान पाउने छ’ उनले भने ।

    गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।

    कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा इँटा थप्ने बताए । टिका पुनका गीत मान्छेको भावना, मन र आस्थासँग जोडिएको भन्दै उनले यस कार्यक्रममा सहभागी भएर भव्य र सभ्य रूपमा सफल गराउन पनि सबैसँग आह्वान गरे । 

    कार्यक्रका अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कंडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाइ छ ।

    टीका पुन साङ्गीतिक साँझलाई एक ऐतिहासिक कार्यक्रम बनाइदिन पनि उनले सबै संगीतप्रेमी महानुभावहरूसमक्ष आग्रह गरेका छन् ।

    साथै फरक प्रसंगमा उनले मिडियालाई अझ सचेत भएर समाचार प्रकाशन प्रसारण गरिदिन पनि आग्रह गरे । सचिन परियारको घटनामा मिडियाले नराम्रा–नराम्रा शीर्षक राखेर प्रसारण गरेको भन्दै उनले गुनासो पोखे । ‘सचिनका बाबुले त केही भनेका थिएनन् तर मिडियाहरूले झगडा गरेको भनेर आयो,’ उनले भने ।

    टीका पुन एउटा युग हाक्ने गायिका भएको उनको दाबी छ । उनले टिका पुनको आवाज राम्रो भएको भन्दै पुनलाई दुलर्भ प्रतिभाको धनी गायिकाको रूपमा चित्रण गरे ।

    ‘सुदूरपश्चिमदेखि सुदूरपूर्व सम्मका लोक भाका गाउने दुर्लभ मान्छे हुन् टीका पुन । नारायण रायमाझीसँग पनि गाउनु भएको छ । राजु परियारसँग पनि गाउनु भएको छ । उहाँले शम्भु राईसँग पनि गाउनुभएको छ । एउटा युग हाँक्ने गायिकालाई म तन, मन, धन र दिलैदेखि साथ दिन्छु,’ उनले भने ।

    साथै आफ्नो नेतृत्वमा रहेको इन्द्रेणी कार्यक्रम सेवा, सन्देश र मनोरञ्जनको त्रिवेणी भएको पनि सुनाए । आगामी एक सय वर्ष नेपालको लोक संस्कृति र मौलिक कला नमर्ने उनको दाबी छ ।

    पहिले बुढापाकामात्रै आफ्नो फ्यान भएको र अहिले बच्चा,  वृद्धदेखि युवालेसमेत आफूलाई साथ दिइरहेको उनले बताए ।

    सो क्रममा टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य र सभ्य रूपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकी छिन् ।

    कार्यक्रमको सञ्चालन पत्रकार कमल सरगमले गरेका थिए । कार्यक्रममा गायिका मिना लामा, करिश्मा घर्ती, कलाकार धनराज सुनुवार, खुम केसी, मानबहादुर पुन मगरलगायतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology