Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

मिस नेपालका लागि आवेदन खुला

मिस नेपालका लागि आवेदन खुला

  • 301
    SHARES
  • मिस नेपालका लागि आवेदन खुला

    काठमाडौं । द हिडेन ट्रेजर मिस नेपालले– २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत्  द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए ।

    images

    उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताए ।

    यस्तै निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताए ।

    इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

    कार्यक्रममा ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जितेकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जितेकी डा.सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी प्रियंका रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology