Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

चलचित्र ‘प्रेमा’ १७ चैतमा प्रदर्शन हुने

चलचित्र ‘प्रेमा’ १७ चैतमा प्रदर्शन हुने

  • 132
    SHARES
  • चलचित्र ‘प्रेमा’ १७ चैतमा प्रदर्शन हुने

    काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा चलचित्र फ्याक्ट्रीको ब्यानरमा निर्मित चलचित्र आगामी चैत १७ मा रिलिज हुँदै छ ।

    images

    फस्टलुकमा चलचित्रका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ ।

    अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ ।

    निर्देशक भण्डारीले चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । चलचित्र ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता चलचित्रमा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू चलचित्र ‘रणवीर’ हो ।

    यो चलचित्रमा उनकै लेखनसमेत थियो । यो चलचित्रबाट उनले कामको राम्रो तारिफ पाएका थिए । चलचित्र ‘प्रेमा’मार्फत गोविन्दले चलचित्र निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् ।

    अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे चलचित्र ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् । चलचित्र ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो ।

    चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।

    सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।

    चलचित्रमा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल (वाइका)को डीओपी छ ।

    महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् । चलचित्रलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology