काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले यतिखेर आफूहरू निरन्तर सांगठनिक एवम् पेसागत समस्या समाधानका निम्ति लागि रहेको बताएका छन् ।
देशभरका विद्यालय कर्मचारीहरूले राष्ट्रिय सम्मेलनबारे चासो राखिरहेका बेला अध्यक्ष तिवारीले स्पष्ट पार्दै बिहीबार साे कुरा बताएका हुन् ।
उनले भने, ‘किन सम्मेलन ? धेरै साथीहरूको प्रश्न नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति सम्मेलन २०७९ फागुन ८ र ९ को उद्देश्य । आम विद्यालय कर्मचारीहरूको माग सम्बोधन गराउने लक्ष्य । भव्य र सभ्य रूपमा सफल पारौं । साथै भावी रणनीति, राष्ट्रिय सम्मेलन २०७९–०८–०९ घोषणापत्रलगायतका विषयमा केन्द्रित कार्यक्रम पूर्ण रूपमा सफल बनाउनका निम्ति राष्ट्रिय समितिका पदाधिकारी सदस्यज्यूहरू, प्रदेश अध्यक्षज्यू, प्रदेश कार्यसमिति, जिल्ला अध्यक्षज्यूहरू एवम् कार्यसमिति पालिका अध्यक्षज्यू एवम् कार्यसमितिलगायत आमविद्यालय कर्मचारी मित्रहरूको साथ र सहयोग अपरिहार्य छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology