Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई महासंघको पत्र

सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई महासंघको पत्र

  • 1.4K
    SHARES
  • सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई महासंघको पत्र

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीका पेसागत माग पूरा गर्न पत्र मार्फत् ध्यानाकर्षण गराएको छ । बिहीबार शिक्षा मन्त्रालयमा महासंघको एक टोली पुगी उक्त विषयमा ध्यानाकर्षण गराइएको हो ।

    images

    शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच २०७५ फागुन ९ गते ३० बुँदामा र २०७८ फागुन ९ गते ५१ बुँदामा शिक्षक र कर्मचारीका विषयमा महत्त्वपूर्ण सहमति भएको महासंघले जनाएको छ ।

    निरन्तर सांगठनिक एवम् पेसागत समस्या समाधानका निम्ति लागिरहेका छाैं, सबैकाे साथ चाहिन्छ : अध्यक्ष तिवारी निरन्तर सांगठनिक एवम् पेसागत समस्या समाधानका निम्ति लागिरहेका छाैं, सबैकाे साथ चाहिन्छ : अध्यक्ष तिवारी

    ती सहमतिको कार्यान्वयनले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदानलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन गर्ने पनि महासंघको भनाइ छ ।

    उक्त सहमति कार्यान्वयन भए नेपालको विद्यालय शिक्षाको समयोचित विकासमा विशेष सकारात्मक फड्को हुने बताउँदै महासंघले यसबाट एकैखालको सेवा, शर्त र सुविधा पाउने शिक्षक तथा शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्ने शिक्षक महासंघको अभियान सार्थक हुने बताएको छ । 

    neapal teacher (3).jpg

    neapal teacher (2).jpg

    neapal teacher (1).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology