वेबटिभी खबर
काठमाडौं । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो भोलि बिहानसम्म लगाउने भएका छन् ।
शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बोलाएको कांग्रेसले आज प्रारम्भीक छलफल गरेर भोलि बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
‘संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठक सकियो। मुलतः राष्ट्रिय सभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहान निर्णयमा पुग्छौ’, उनले भने।
उनले भोलि बिहानसम्म टुंगो लाग्ने बताए। ‘आज एक सरो छलफल र विश्लेशण भएको छ। भोलि बिहानसम्ममा निर्णयमा पुगिन्छ र भोलि नै टुंगिन्छ’, उनले भने।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij