Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : स्वास्थ्यमन्त्री गिरी

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : स्वास्थ्यमन्त्री गिरी

  • 238
    SHARES
  • जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : स्वास्थ्यमन्त्री गिरी

    काठमाडौं । जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन् ।

    images

    स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

    उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला । हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ । गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन् ।यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’

    स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरूद्ध पत्रकारले निर्मम भएर कलम चलाएमा देशका लागि ठूलो योगदान हुने उनले बताए । उनले भने, ‘हामी जिम्मेवारीमा छौं । तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।’

    स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए ।

    ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएकाे उनले बताए । उनले भने, ‘एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं । पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं । अहिले अध्ययनमै छौं ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology