Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

  • 334
    SHARES
  • स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

    काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनबाट ढुंगेल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    ढुंगेल यसअघि मञ्चको उपाध्यक्ष थिए । उनी गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै मञ्चको बरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । मञ्चको दुईवटा उपाध्यक्ष पदमा अर्जुन अधिकारी र महेश तिमल्सिना निर्वाचित भएका छन् ।

    यसैगरी महासचिव पदमा सञ्जिता खनाल निर्वाचित भएकी छन् । सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे निर्वाचित भएका छन् । मञ्चको आठ जना सदस्यहरूमा प्रकाश बस्याल, समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, मनिषा थापा, सिर्जना कार्की रहेका छन् ।

    अधिवेशनले प्रदेश संयोजक समेत तोकेको छ । जस अनुसार प्रदेश १ जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बाग्मती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य तोकिएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा भने पछि कार्यसमितिले तोक्ने बताइएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology