Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

टर्कीकाे भूकम्पमा परेर सयभन्दा बढीको मृत्यु 

टर्कीकाे भूकम्पमा परेर सयभन्दा बढीको मृत्यु 

  • माघ २३, २०७९ सोमवार ११:१९ बजे
  • 243
    SHARES
  • टर्कीकाे भूकम्पमा परेर सयभन्दा बढीको मृत्यु 

    अंकारा । टर्कीमा सोमबार विहान गएको ७.८ म्याग्नीच्युटको भूकम्पमा परेर ११८ जनाको मृत्यु भएको छ । 

    images

    न्युज एजेन्सी एएफपीका अनुसार टर्कीको नुर्दगी भन्दा २३ किलोमिटर केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । करिब एक मिनेटसम्म गएको भुकम्पको ठूलो झट्काले त्यहाँका धेरै घरहरु भत्केका छन् । भत्केको संरचनामा थिचिएर टर्कीमा ७६ जना र सिरियामा ४२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै जनाइएको छ । ४ सयभन्दा बढी घाइते भएको बताइएको छ । 

    टर्कीको सरकारी संचारमाध्यम टिआरटीले सार्वजनिक गरेको भूकम्पपछिको तस्बिरहरुमा त्यहाँका धेरे घरहरु ढलेको देखिन्छ । त्यसैगरी मानिसहरु सडकमा निस्केका छन् । संरचना भत्केर नथिचोस भनेर चिसोले हिउँ परेको सडकमा मानिसहरु जम्मा भएका हुन् । 

    भूकम्पको तीव्र धक्काले आसपासको लेवनन र सिरियामा भने घरहरु भत्केका छन् । ठूलो भूकम्प गएको र उद्धार जारी रहेकाले हताहत हुनेको संख्या बढ्न सक्ने अनुमान छ । 

    टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology