काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३२० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology