Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टर्की भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति भएको छैन, कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कमा आउनुहोस् : एनआरएनए

टर्की भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति भएको छैन, कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कमा आउनुहोस् : एनआरएनए

  • 645
    SHARES
  • टर्की भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति भएको छैन, कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कमा आउनुहोस् : एनआरएनए

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा आज विहान गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति दुःख तथा श्रद्धाञ्जली व्यक्त गर्दै टर्कीमा रहेका नेपालीहरू सम्पर्कमा रहेको बताएको छ । एनआरएनएले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

    images

    एनआरएनएले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँस्थित (टर्की)  नेपालीहरू अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन् । भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ । गाजीयान्टेपबाट हामीसँग सम्पर्कमा जोडिनुभएका नेपालीले आफूहरू सुरक्षित रहेको बताउनुभएको छ ।’   

    दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण भएको हताहती तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ । एनआरएनएका अनुसार टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजारदेखि २५ सय नेपालीको बसोबास रहेको छ ।

    भूकम्पको केन्द्रविन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै संख्यामा नेपाली रहेको एनआरएनएको भनाइ छ । एनआरएनएले टर्कीमा रहेका सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन अनुरोध गरेको छ ।

    यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त एनआरएनए एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

    सम्पर्क

    एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ : 00-905522778593

    महासचिव विनोद पौडेल : 00-905372777196

    गैरआवासीय नेपाली संघ सचिवालय : 977-014411530

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology