Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

विद्यालय कर्मचारी : अनिवार्य अधिवेशन गरी राष्ट्रिय सम्मेलनमा भाग लिन तिवारीको निर्देशन

विद्यालय कर्मचारी : अनिवार्य अधिवेशन गरी राष्ट्रिय सम्मेलनमा भाग लिन तिवारीको निर्देशन

  • 1.2K
    SHARES
  • विद्यालय कर्मचारी : अनिवार्य अधिवेशन गरी राष्ट्रिय सम्मेलनमा भाग लिन तिवारीको निर्देशन

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले अधिवेशन हुन बाँकी जिल्लाहरूमा अनिवार्य अधिवेशन गरी राष्ट्रिय सम्मेलनमा भाग लिन निर्देशन दिएका छन् ।

    images

    अध्यक्ष तिवारीले जिल्ला तथा प्रदेशका अध्यक्ष, उपाध्यक्षहरूलाई सामाजिक सञ्जाल मार्फत् ध्यानाकर्षण गराएका छन् । महोत्तरी, बाँके, दाङ, अर्घाखाँची जिल्लाको नाम उल्लेख गरिएको छ ।

    आगामी फागुन ८ र ९ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन मार्फत् आमसामुदायिक विद्यालय कर्मचारीहरूको माग सम्बोधन गराउने लक्ष्य रहेको तिवारीको भनाइ छ ।

    यतिखेर आफूहरू राष्ट्रिय सम्मेलनलाई सफल बनाउनेतर्फ घनीभूत रूपमा काम गरिरहेको तिवारीले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology