Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने

गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने

  • 197
    SHARES
  • गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको छ ।

    images

    यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट-९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

    उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धनलगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए । नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने जानकारी दिए ।

    प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    प्रतियोगिताका निर्देशक एवम् नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका गैँडाकोट-९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए ।

    उनका अनुसार नेपाल क्रिकेट संघमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको हो । प्रतियोगिताको विजेताले उपाधिसहित दुई लाख तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

    त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, इमर्जिङ प्लेयरलाई सात हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई पाँच/पाँच हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई एक हजार पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी आठ टोलीको सहभागिता रहने जनाइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology