Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या

  • 233
    SHARES
  • बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या

    तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।

    images

    जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो ।

    सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिए ।

    आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब रु दुई लाख ३० हजार संकलन गरी उपचारमा सहयोग गरिएको उनले बताए ।

    बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहेका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उनले बताए ।

    फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो ।

    अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किएका हुन् ।

    बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक संकलन अभियन्ता गुरुङले आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology