Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

टर्की भूकम्पमा परेर ३ हजार ७ सयको मृत्यु

टर्की भूकम्पमा परेर ३ हजार ७ सयको मृत्यु

  • 105
    SHARES
  • टर्की भूकम्पमा परेर ३ हजार ७ सयको मृत्यु

    काठमाडाैं । मध्यपूर्वकाे चार देश टर्की, सिरिया, लेबनान र इजराइलमा साेमबार गएकाे भूकम्पमा  परी ज्यान गमुाउनेकाे संख्या ३७०० पुगेकाे छ। भूकम्पले सबैभन्दा बढी क्षति टर्की र सीरियामा पारेकाे छ।

    images

    न्यूज एजेन्सी राेयटर्सका अनुसार टर्की र सीरियामा भूकम्पकाे कारण ३७०० ले ज्यान गुमाएका छन। लेवनान र इजराइलमा भने भूकम्पकाे झट्का महसुस गरिएकाे तर क्षतिकाे विवरण संकलन नभएकाे जनाएकाे छ। टर्कीमा मात्र भूकम्पमा परी २३०० जनाले ज्यान गुमाएका छन। ११ हजार जना घाइते भएका छन। 

    भूकम्पकाे कारण ज्यान गुमाउनेहरूको शोकमा टर्कीमा सरकारले ७ दिनकाे राष्ट्रिय शाेक घाेषणा गरेकाे छ। त्यस्तै सीरियामा १४४४ जनाकाे मृत्यु हुनुकाे साथै २ हजारभन्दा बढी घाइते भएका छन।

    टर्कीका संचारमाध्यमका अनुसार सोमबार भूकम्पकाे तीन ठूला झट्का महसुश गरिएकाे छ। स्थानीय समय अनुसार बिहान चार बजे ७.८, देस्राे करीब १० बजे ७.६ र दिउँसाे ३ बजे ६.० रेकिटरस्केलको तीन ठूला झट्का आएका थिए। त्यस बाहेक नै ७८ साना कम्पनहरू महसुस गरिएकाे छ। जुन ४ देखि ५ म्याग्नीच्युटकाे रहेकाे थियाे। 

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology