Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तालिमपछि उत्साहित इसीडी शिक्षक

तालिमपछि उत्साहित इसीडी शिक्षक

  • 3.6K
    SHARES
  • तालिमपछि उत्साहित इसीडी शिक्षक

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले तालिम लिएका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाले तालिम दिएको हो । तालिम ८ दिनसम्म चलेको थियो ।

    images

    इसीडी शिक्षकहरूलाई निर्मला वलीले तालिम दिएकी थिइन् । वलीले बालविकास शिक्षक सञ्जालले उठाएका केही माग पूरा भएको बताइन् । 

    गाउँपालिका र शिक्षा शाखा दुबैको निर्णय अनुसार बालविकास शिक्षकलाई पाठयक्रम अनुसारको ८ दिने तालिममा सहभागिताको प्रमाणपत्र  समेत उपलब्ध गराइएको छ ।

    बालविकास शिक्षकलाई  हतियारबिना काम गर्न निकै कठिनाई भएको र  बाल शिक्षकले  पाठयक्रम पाउनुका साथै पाठयक्रम अनुसारको  तालिमले थप हौसला मिलेको वलीले बताइन् ।

    ८ दिने तालिमको समापनपछि बोल्दै उनले बालबालिकाको सर्वाङ्गीण विकास गराउने बाल शिक्षकहरूले एक महत्त्वपूर्ण  जिम्मेवारी समेत बोकेको बताइन् ।

    तालिम समापन कार्यक्रममा पालिका अध्यक्ष  गणेशकुमार के.सी.,  उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, शिक्षा शाखा संयोजक रणबहादुर  पुन, शिक्षा शाखा अधिकृत ओबिराम रोका, प्राविधिक सहायक सुरेश पुन, शिक्षा स्रोतव्यक्ति नरेन्द्र दाहाल, रोशन  बोहोरा र तालिम प्रशिक्षक जानकी देवकोटा थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology