Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

  • 238
    SHARES
  • लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

    काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लिला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

    images

    मन्त्री बनेका अन्य दुईजना पनि बिना विभागीय रहेका छन् । नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रूपमा रहेका छन् । पुस २७ गते नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट माघ ५ गते विश्वासको मत लिएका थिए ।

    विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि सत्ता साझेदार दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

    मुख्यमन्त्री गिरीको सचिवालयका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारी छ । रिक्त राष्ट्रियसभाको निर्वाचन लुम्बिनी प्रदेशमा भोलि बुधबार हुँदैछ । माओवादी केन्द्र संसदीय दलका नेता महराले पनि राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारले पूर्णता पाउने बताए ।

    उनले भने, ‘मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका सबै दलसँग छलफल र सहमति गरेर सरकारलाई पूर्णता दिन भनेका छौँ।’

    सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालय सदस्य अमृत गिरीले जानकारी दिए । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीको भेटघाट पनि भएको थियो ।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले पनि भोलि हुने राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रदेश सरकार विस्तार हुने बताए । उनले सरकारलाई समर्थन गरेका दलसँग सत्ता साझेदारीका विषयमा छलफल चलिरहेको र केही दिनमै अन्तिम टुंगो लगाएर छिट्टै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए ।

    बिना विभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले अबको केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा जोड दिए । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नुपरेकाले केही ढिलाइ भएको उनको भनाइ छ ।

    यस प्रदेशमा मन्त्रालयको संख्यासमेत घटाइएकोले  मुख्यमन्त्रीसहित प्रदेशमा १० मन्त्रालय रहनेछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology